RUMPUM
animated ellipse animated ellipse

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने : उपप्रधानमन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७५, सोमबार १६:०५
3
Shares

विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले सुरक्षा परिषदको वैठक नवसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रीपरिषदको वैठकको प्रस्ताव राष्ट्रपतिवाट सदर पछि मात्र सेना परिचालन हुने बताएका छन् । सेना परिचालनको एक महिनापछि प्रतिनिधि सभावाट उक्त प्रस्ताव पास हुनु पर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयवाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको मन्त्री पोखरेलको भनाइ रहेको छ ।

मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको समेत बताए । ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ मन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’विप्लप समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने वताउँदै मन्त्री पोखरेलले हतियारवोकी वोकी वार्ता हुनसक्दैन प्रष्टसमेत पारे ।

मन्त्री पोखरेलले विप्लव समूहले मुलुकमा वम पड्काउने, हत्या हिंसा गर्ने, जनतामा आतंक सिर्जना लगायत अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोर्होयाए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए । सो पार्टीलाई निषेध लगाइएको वताउदै नेकपा चन्द समूहप्रति सरकारको वैरभाव नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर