पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर/ भारतले पाँचौ साफ महिला च्याम्पियन फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ आज विराटनगरको शहिद मैदानमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ को गोल अन्तरले स्तब्ध पार्दै लगातार पाँचौ पटक उपाधि हात पारेको हो ।

भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङ्गमे र अञ्जु तामाङले समान एक–एक गोल गरिन् । यता पराजित टोली नेपालका लागि भने साबित्रा भण्डारी ‘साम्बा’ले एक गोल फर्काइन् । खेलको भारतकी डालिमा छिब्बरले २६ औँ मिनटमा ३५ यार्ड टाढाबाट गरेको फिकि प्रहारलाई नेपालकी एन्जीला तुम्बमपो सुब्बाले जज गर्न नसक्ता बलले जाली चुमेको थियो भने ३३ औँ मिनटमा नेपालकी सावित्रा भण्डारीले हेडिङमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । उनले अनिता बस्नेतले दिएको पासलाई सदुप्रयोग गदैृ गोल गरेकी थिइन् । तर दोश्रो हाफमा भारत हाबी भयो । नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब भारत दवाब बढायो ।

६२ औं मिनेटमा ग्रेस डाङ्गमेले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । ७७ औं मिनेटमा भारतकी अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोर्होयाइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३–१ गोलले विजयी भयो ।
निकै प्रतिस्पर्धात्मक भएकोे खेलको नेपाल पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल फेरी उपविजेतामा चित्त बुझाउँने पर्यो ।
खेलमा भारत तर्फकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन भने खेल अवधिमा सर्वाधिक ४–४ गोल गर्ने नेपाली खेलाडी सावित्रा भण्डारी र भारतकी इन्दुमति कथिरेशन सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा घोषित भए । यसैगरी, बङ्गलादेशलाई अनुशासित टिमको रुपमा पुरस्कृत गरियो ।
फागुन २८ गते देखि शुरु भएको प्रतियोगितामा अन्य दिनको भन्दा आज दर्शकहरुले रङ्गशाला खचाखचले भरिएको थियो भने उत्तर तर्फ दर्शक दीर्घामा रहेका दर्शकहरु नेपालको हार हुने स्थिति देखिएपछि निराश भएर बाहिर निस्किन लागेका थिए ।
खेल प्रदर्शन हेर्न सबै उमेर समूहका मानिसहरुको तछाडमछाड भइरहेको देखिन्थ्यो भने नेपाली खेलडीलाई हौसला प्रदान गर्न दर्शकहरुले हौस्याएका थिए ।