RUMPUM
animated ellipse animated ellipse

भारतलाई पराजित गर्न आर्शीवाद माग्न महिला खेलाडि पुगे बृद्धा आश्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७५, बिहीबार १८:१५
3
Shares

विराटनगर / महिला साफ च्याम्पियनसिपको फाइनलका लागि अन्तिम तयारीमा जुुटेको नेपाली टिम आज आर्शीवाद लिन वृद्धाश्रम पुगेको छ । विराटनगर महानगरपालि ८ मा रहेकोे विराटेश्वर बृद्धा आश्रममा महिला खेलाडी वृद्धाश्रम पुगेका आशिर्वाद लिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अधिकारी, मुख्यप्रशिक्षक हरि खड्कासहित वृद्धाश्रम पुुगेका खेलाडीले जुस र फलफूल वितरण गरे । होली पर्वसँगै मनाएका खेलाडीले वृद्धाहरुको हातमा अविर ग्रहण पनि गरेका छन् । नेपाली टिमका गोल मेसीन सावित्रा भण्डारीले वृद्धासँग टीका लगाउँदै भनिन्, ‘आमा हामीलाई भोलि भारतलाई जित्ने गरी आर्शीवाद दिनुहोस् ।’ त्यस्तै अनिता बस्नतेले वृद्धासँगको एक छिनको बसाईले घरको वातावरण महसुस गरेको समेत बताइन् ।

पाँचौ साफमा श्रीलंकाविरुद्ध डेब्यू खेलमै गोल गर्दै पहिलो अन्तराष्ट्रिय गोलको रेकर्ड बनाएकी रेखा पौडेलले फाइनलको तयारीमा जुट्ने दबाब रहे पनि वृद्धाश्रम आइपुग्दा तनावमुक्त भएको प्रतिक्रिया दिइन् । एन्फाका उपाध्यक्ष पंकज नेम्वाङले वृद्धाश्रमका लागि नेपाली महिला फुटबल टिमको नाममा व्यक्तिगत रुपमै ५१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिए ।

वृद्धाश्रमका सञ्चालक जगतबहादुर अर्यालले सम्पूर्ण बुवाआमाको तर्फबाट नेपाली टिमलाई सफलताको शुभकामना दिँदै इतिहास रच्ने कुरामा ढुक्क हुन आग्रह समेत गरे ।

खेलाडीलाई उत्साह जगाउन प्रशिक्षण स्थलबाट सिधै विराटेश्वरी बृद्धाश्रममा पुगेका नेपाली टोली निक्कै नै उत्साहित छन् । भारतसँगको खेलमा जित आफ्नो पक्षमा ल्याउने दाबी गरेका नेपाली टोली नयाँ रणनितीका साथ अगाडी बढ्ने दाउमा छ । नेपाली महिला फुटवल टिम की क्याप्टेन निरु थापाले एक आपसमा आमाहरुसँगको आशिर्वादले जितका लागि मनोवल बढाउने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर