पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको वीएफएमले होली मिलन कार्यक्रम गरेको छ । विगत वर्ष जस्तै यस वर्षपनि विराटनगरका पत्रकारसँग एफएमले होली मिलन कार्यक्रम गरेको हो ।
कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले हरेक वर्ष पत्रकारसँग एफएमले होली कार्यक्रम गर्ने गरेको बताए । उनले एफएमको बार्षिक कार्यक्रमभित्र होली कार्यक्रमलाई पनि मनाईने गरेको बताए । बर्षदिनभरि समाचार संकलनमा व्यस्त रहनुपर्ने पत्रकारसँग होली कार्यक्रम मनाउनुको आनन्द नै फरक हुने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठको भनाई छ ।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पूर्व अध्यक्ष विक्रम निरौला, बान प्रदेश नं. १ का कोषाध्यक्ष अरविन्द मेहता, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेल, विराटनगर जुनियर जेसिजका अध्यक्ष दीपा ओडारी, लायन्स क्लव अफ विराटनगर फ्युजनका संस्थापक अध्यक्ष टिपी आचार्यलगायतले होली पर्वलाई मर्यादित बनाउनुपर्ने बताए ।
होली कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध विराटनगरका पत्रकारहरुको सहभागिता रहेको थियो । साथै राष्ट्रिय गायक सुमित खडकाले होली गित गाएका थिए ।