मेरिल्याण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम सम्पन्न
पूर्वाञ्चल खबर
१० पुष २०७३, आईतवार २०:०६
3
Shares
१० पुस,बिराटनगर/ बिराटनगर–६ मा रहेको मेरिल्याण्ड कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा अध्यनरत बिबिए २ सय ५० बिद्यार्थी तथा कलेज परिवारले बिभिन्न खेल, सांगीतिक कार्यक्रम सहित क्रिसमस केक काटेर क्रिसमस मनाएका छन् ।
कलेजमा स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई बिभिन्न चकलेट तथा उपहार पनि बाढिएको थियो । कलेजले स्थापना काल देखिनै क्रिसमस लगायतका चाडपर्वमा बिभिन्न कार्यक्रम गर्दै आएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।
कलेजले बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको छ ।