पूर्वाञ्चल खबर
धनगढी / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे खेलाडीलाई हौसला दिन सुदुरपश्चिम प्रदेशको धनगढीमा शूरु प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन पुगेका छन् ।

प्रतिनिधि सभा सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको अन्तरप्रदेश खेलकुद प्रतियोगितामा प्रदेश १ का सरकारको प्रतिनिधित्व गर्दै मन्त्री घिमिरेले सम्बोधन गर्दै सघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिने कुरामा ढिलाइ गर्न नहुने बताउँदै सघियता र लोकतान्त्रिक पद्धतिको वकालत मात्र गर्ने भन्दा यसलाई व्यवहारमा पनि लागु गर्नु पर्ने उनले बताए।
प्रतियोगितामा फुटबल, क्रिकेट, व्याटमिन्टनलगायत खेलमा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सासदलगायत बोलेका थिए ।