पूर्वाञ्चल खबर
काठमाडौं / निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनका लागि विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम पुरी अध्यक्षको उम्मेद्वारी दिएका छन् ।
पुरी गएको महाधिवेशनका प्रत्यासी विजय सम्वाहाम्फेसँग झिनो मतान्तरले पराजित भएका थिए ।आज हुने महाधिवेशनका लागि अध्यक्ष पदका पुरीले डिके ढुंगाना प्रतिस्पर्धा गर्ने छन् ।
पुरीले कम्पनीमा सञ्चालित विद्यालयहरु कम्पनी अन्तर्गत नै सञ्चालन गर्न पाउने व्यवस्था स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सरकारद्वारा उच्च शिक्षामा उपलब्ध गराइने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेदलाई अन्त्य गराउने तथा प्रदेश सरकारले निर्माण गर्ने प्रदेश शिक्षा ऐन निजी विद्यालय मैत्री बनाउनकालागि ठोस प्रयास गर्ने लगायतका १४ बुँदे प्रतिबद्धता अध्यक्षका उम्मेद्वार पुरीले जनाएका छन् ।
पुरी नेकपाकातर्फबाट अध्यक्षको प्रत्यासी हुन भने ढुंगाना प्रजातान्त्री समुहबाट प्रत्यासी रहेका छन् । नेकपामा आवद्ध पूर्व एमाओवादी केन्द्रबाट धाको नभए परीको जित निश्चित रहेको अनुमान गरिएको छ ।