पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरका एक जना मनकारी विद्यार्थीले कलेज प्रथम भएवापत पाएको रकम आर्थिक अवस्था नाजुक भएका अपाङ्गता व्यक्तिलाई सहयोग प्रदान गरेका छन् ।
विराटनगर– ४ जामुनगाछीका विवेश यादवले शिक्षादीप कलेज प्रथम भएर पुस्कृत भएको ३ हजार रुपैयाँ मोरङको ग्रामथान गाउँपालिका – २ सरोज सरदारलाई सहयोग प्रदान गरेका हुन् ।
विद्यार्थी यादवले उनीजस्तै कक्षा तीनमा अध्ययन गर्दै आएका सरदारलाई सहयोग गरेका हुन् । ‘आर्थिक अवस्था नाजुक भएर कोही पनि शिक्षाबाट बन्चित नहोस भन्न सहयोग गरेका हु,’ यादवले भने, ‘मेरो सानो सहयोगले उनको उज्जवल भविश्ष्य र्हेन सहयोग गरेको छु ।’ यादव विराटनगरस्थित शिक्षादीपक कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययरत छन् ।
यस अघि पनि सरदारलाई लियो क्बल अफ विराटनगर यूनिकले देउसीबाट संकलन भएको ८ हजार रुपैयाँ सहयोग प्रदान गरिसेको छ । अहिले सरदारलाई सहयोगी गर्ने दाताहरू जुटन थालेका छन् । यसरी उनलाई सहयोग आउने थालेपछि संकलन भएको नगदहरू व्यवस्थित गरिदिन बैंक खाता खोलिएको छ । लियो क्बल अफ विराटनगर यूनिक र स्थानियको सहयोगमा प्राइम बैंकमा खाता खोलिएको हो । आर्थिक अवस्था नाजुक भएका सरदारलाई कसैले सहयोग गर्न प्राइम बैंकको ०४६०१७४५ps रहेको छ ।