RUMPUM
animated ellipse animated ellipse

तोकिएको समयमा अधिवेशन हुन्छ –सभापति देउवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७५, बिहीबार १८:०८
3
Shares

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अधिवेशन तोकिएको समय हुने वताएका छन् ।

विराटनगर विमानस्थमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापती देउवाले सो कुरा बताएका हुन् । अध्यक्ष देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको चर्चा गर्दै साथीहरुवीच छलफल हुनु कुनै अनौठो नभएको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । कोइरालालाई
पार्टी नेतृत्वका सम्वन्धमा जथाभावी नबोल्न आग्रह गरेको वताउदै सभापती देउवाले कोइरालाको सम्वन्धमा आफूले वीरगंजमा जवाफ दिएको बताए ।

नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफ्नो नभएको बताउँदै जथाभाबी बोल्दा आफुले जवाफ दिएको मात्र बताए । आफूले जथाभावी नबोल्न सम्झाए पनि उनले नटेरेको देउवाको भनाई छ । सभापति देउवाले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ, यहीँ पनि भनेको हुँ, । तर, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ ।’ कोईरालालले जथाभाबी बोलेपनि बोलेकै भारमा आनुशासनको कार्वाही भने नगर्ने उनले बताए ।

अध्यक्ष देउवाले वाइडबडी विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य भएपछि छफलफल र कुरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर