पूर्वाञ्चल खबर
विराटनगर / फागुन–२८ गतेदेखि विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिपकालागि सहिद रंगशालाको स्वरुप परिवर्तन गरिएको छ ।
रंगरोगन र मैदान मर्मत गरी रंगशालाको स्वरुप परिवर्तन गरिएको हो । तर मैदानसम्म प्रवेश गर्ने महानगरको सडकको अवस्था भने दयनिय छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण सहिद रंगशालासम्म पुग्ने सडक अझै पूरा भएको छैन ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तीनसाता अघि फागुन १५ गते भित्र सडक निर्माणको काम सकिने बताएका थिए । तर काम पुरा नभएपछि निर्माणको समय फागुन २५ गते पू¥याइएको छ । ‘हामी आवश्यक सडक फागुन २५ गते भित्र पूरा गर्छाै ।’ पराजुली भन्छन ‘ हाम्रो मातहत नभएको कोशी राजमार्ग पनि स्तरउन्नती गर्न लगाउछौ ।’ सहिद रंगशालासम्म पुग्ने सडक छनोट गरिएको सडकको काम चाडै सक्ने उनले बताए । निर्माणको काम राती र दिउँसो गरी दुई सिफ्टमा काम हुदै आएको पराजुलीले बताए । ‘म आफै पनि राती ११ बजे सम्म खट्छु ।’ उनले भने ‘ ठेकेदोरले दुई सिफ्टमा काम गरिरहेका छन् ।’
सहिद रंगशालाको रगरोगनको काम सकिएको छ । मैदान मर्मतको काम पनि सकिएको अखिल नेपाल फुटबल संघ एन्फा सहायक महासचिव बसन्त अर्यालले जानकारी दिए । केही दिन भित्र ठेकेदारले काम सकेर मैदान हस्तान्त्रण गर्ने उनले बताए ।
विराटनगर महानगरपालिकाले क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत रंगशाला सम्म पुग्नेबाटो र मेनरोडमा ढलको पाइप बिच्छयाएर निर्माणको काम गरिरहेको छ । विराटनगर भ्रिकुटी चोकदेखि सिडियो कार्यालय हुदै मैदानसम्म पुग्नेबाटो निर्माणको काम तिब्र छ । तर रंगशाला पुग्ने भित्री सडकको काम भने भएको छैन् ।
महानगरपालिकाका मेयर पराजुलीले खेलाडी बस्ने होटलसम्म पुग्ने सडक र प्रशिक्षण गर्ने स्थानसम्म पुग्ने सडकको पनि स्तरउन्नती र मर्मत गरिने बताए ।
प्रशिक्षणकालागि विराटनगर जुट मिलको खेल मैदान, दिल्ली पब्लिक स्कूलको खेल मैदान र दुहबीको खेल मैदानको पनि मर्मत गरिएको छ ।
पाकिस्तान नआएपछि खेल लालिका परिवर्तन, उद्घाटन खेल नेपाल र भुटान बिच
विराटनगरमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा पाकिस्तान नआउने भएपछि खेल तालिका परिवर्तन गरिएको छ । अन्तिम समयमा पाकिस्तानले नाम फिर्ता लिएपछि खेल तालिका परिवर्तन गरिएको हो ।
तालिका अनुसार समूह ‘ए मा’ आयोजक राष्ट्र नेपाल, भुटान र बंगलादेश रहेका छन् । पाकिस्तान पनि समुह ए मा नै थियो ।
समूह ‘बी’मा साविक विजेता भारतसहित श्रीलंका र मालदिभ्स छन् । सहिद रंगशालामा फागुन २८ गते हुने उद्धघाटन खेलमा आयोजक मुलुक नेपालले भुटान बिच हुनेछ । प्रतियोगिताको फाइनल चैत ८ गते हुनेछ ।