RUMPUM
animated ellipse animated ellipse

ट्रकको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७५, बुधबार १६:१३
3
Shares

उदयपुर / उदयपुरको कटारी नगरपालिका ४ सिद्धिचरण लोकमार्गमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आज बिहान मिर्चैयाबाट ओखलढुंगातर्फ जाँदै गरेको ना ४ ख ८८९८ नम्बरको ट्रकले सडकमा हिँडीरहेको अवस्थामा कटारी नगरपालिका ५ सिसाघारी बस्ने दिलबहादुर राईको ५ वर्षिय छोरा मौसम राईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मकवानपुर हेटौँडा नगरपालिका दिनेश भन्ने बलबहादुर तामाङलाई प्रहरीको नियन्त्रणमा लिएको कटारी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर