पूर्वाञ्चल खबर
विराटनगर / विद्यालयमा डेक्स वेन्चको अभाव भईरहेको बेला विराटनगर १३ सैनिक टोलमा रहेको श्रीबाल माध्यमिक विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरिएको छ ।
विराटनगर १२ र १३ मा रहेका समाजसेवी तथा दाताहरुले आज विद्यालय परिसरमा एक कार्यक्रम विच विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरेका हुन् ।
विद्यालयलाई २८ थान डेक्स वेन्च हस्तान्तण गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले जानकारी दिए । विद्यालयलाई कमल लामा तामाङ, सुनमाया तामाङ, संजुमाया तामाङ, सागर शर्मा अस्मिता पाण्डेलगायतले सयुक्त रुपमा डेक्स बेन्च हस्तान्तण गरेका थिए । यसै विच विद्यालयलाई कक्षा कोठामा चाहिने ४ थान ह्वाईट बोर्ड विराट विकास मञ्चका सुधिर श्रेष्ठ, माधव अर्यालले सहयोग गरेका थिए । विद्यालयमा समाजसेवी कृष्णबाहादुर तामाङ्गले एक लाख बराबरको अक्षय कोष समेत स्थापना गरेका छन् । कोषमा जम्मा भएको बार्षिक व्याजले विद्यालयका जेहेन्दार विद्यार्थीलाई पुरष्कृत गुर्नका साथै छात्रावृति समेत प्रधान गरिने प्रधानध्यापक गजुरेलले बताए ।
विद्यालयलाई यस अघि एशोसिएसन अफ नेपाली ओरेगनका दिपक कर्ण र मनिष कर्णले एक थान कम्प्युटर, एक थान प्रोजेक्टर,ल्यापटक एक थान, र ३ जना विद्यार्थीलाई दश हजारको दर छात्रवृति प्रदान गरेका थिए । साथै सौगात सहकारी वचत तथा ऋण सहकारी सस्थाका बद्रि न्यौपाने, छत्रवहादुर तामाङ र अनुप स्याङबोले विद्यालयलाई चााहिने ह्वाईट वोर्ड, पानी टंयाकी पंखा र खेलकुद सामाग्री हस्तान्तण गरिएको थियो ।
विद्यालयलाई जग्गा दिएर सहयोग गर्ने जग्गादाता सुर्यलाल यादव परिवार तथा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । २०२० सालमा स्थपना भएको विद्यालयरमा हाल दुई सिफ्ट गरेर ८ सय विद्यार्थीहरु अध्ययन गर्दे आएका छन् ।