RUMPUM
animated ellipse animated ellipse

श्री १००८ धार्मिक मेला विराटनगरमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७५, शुक्रबार १६:४१
3
Shares

विराटनगर/ श्री १००८ धार्मिक शिवरात्री मेला विराटनगर– १ नोबेल डेरी पूर्व सिंघिया खोला छेउमा हुने भएको छ । शिवरात्रीको अवसर पारेर फागुन २० देखि चैत ४ गतेसम्म मेला हुने भएको हो ।

धार्मिक मेलाको तयारी बारे आयोजक धार्मिक मेला समारोह समितिले जानकारी गराएको हो । मेलाको तयारी तिव्र रुपमा भएको आयोजक समितिका सल्लाकार अमित चौधरीले बताए ।

१५ दिनसम्म सञ्चालन हुने धार्मिक मेलामा १ हजार ८ वटा शिवलिङ्ग रहने छ । जहाँ धर्मलम्बीहरूले पूजाआजा गर्ने बताइएको छ । हिन्दु धर्मलम्बीहरूले मानिने भगवानको मूर्तीहरू समेत मेलामा रहने सल्लाकार चौधरीले बताए ।

मेलामा विभिन्न भगवानको ३ सय १५ वटा मूर्ती रहनेछ । ‘एकै ठाउँमा हिन्दु धर्मलम्बीहरूले मानिने भवानको मूर्ती राखिनेछ,’ आयोजक समितिका सल्लाकार चौधरीले भने, ‘यहाँ आउने भक्तजनले यस मूर्तीमा पूजा आजा गर्नेछन् ।’ मेलामा गुफा समेत रहने बताइएको छ ।

चैत ४ गतेसम्म हुने मेलामा ७ लाख भत्तजनहरूले प्रत्यक्ष रुपमा अवलोकन गर्ने समितिको कार्यभाव अध्यक्ष प्रविन गौतमले जानकारी दिए । उनका अनुसार मेला सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमागन गरेको बताए ।

धार्मिक मेलामा राखिने विभिन्न भगवानको मूर्ती बनाउन अहिले कलाकारहरू व्यस्त रहेको कार्यभाव अध्यक्ष गौतमले बताए । ‘मेलामा सानादेखि ठूलोसम्म भगवानको मूर्ती राखिने छौं,’ कार्यभाव अध्यक्ष गौतमले भने, ‘मूर्ती बनाउन अहिले कलाकारहरू लागि परेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर