पूर्वाञ्चल खबर
विराटनगर / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलिकोप्टर दुर्घटनामा जीवन गुमाएकोमा अन्त्यन्त दुःखी वनाएको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताए ।
आज एक शोक सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सरकारी कामको शिलशिलामा तेह्रथुमको आठ राई गाउँपालीका चुवानडाँडावाट फर्कने क्रममा ताप्लेजुङ्ग जिल्लास्थित सिन्ने भीरको दारेढुङ्गामा आज भएको एयर डाईनेष्टीको ९ एन एमआइ कल साईनको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनालेको निधन भएकोमा शोक व्यक्त गरेका छन् ।
सन्देशमा मुख्यमन्त्री राईले यस दुःखद घटनामा नेपाल नागरिक उड्डन प्राधिकरणका उपमहानर्दिेशक वीरेन्द्रपस्राद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उप सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले आफूलाई अन्यन्तै दुःखी वनाएको उल्लेख गरेका छन् ।
विद्यार्थी जीवन हुदै संगठन र संघर्षवाट अगाडि वढनु भएको अन्त्यन्त जुझारु युवा नेता मन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सवै यात्रुको निधनले प्रदेश सरकार मर्महत भएको र दुर्घटनावाट राष्ट्रले ठूलो क्षति वेहोर्नु परेको सन्देशमा उल्लेख गरिएको छ ।