पूर्वाञ्चल खबर
ताप्लेजुङ / ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । पाथिभरा माताको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।