पूर्वाञ्चल खबर
विराटनगर / मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ झोराहाटमा अवस्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ ।
नेपाल सरकारको राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सले सेवा सुरु गरेको हो । आज एक औपचारिक कार्यक्रमबीच झोराहाटका ज्येष्ठ नागरिक बखतबहादुर कार्की र लोकनाथ न्यौपानेले सेवाको शुभारम्भ गरे ।
सहकारी संस्थाकी अध्यक्ष उमा घिमिरेका अनुसार संस्थाले आफ्ना सदस्यलाई दश प्रतिशत छुट दिनेछ । सेवा शुभारम्भसँगै झोराहाट चौकमा आज नै संस्थासँगको सहकार्यमा नोबेल मेडिकल कलेजले स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा पाँचसय स्थानीयले स्वास्थ्य जाँच गराएका छन् ।
कार्यक्रम उद्घाटन गर्दै नोबेलकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन आफूँहरु स्थानीय संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताइन । नोबेलका प्रबन्धक नारायणप्रसाद दाहालले नोबेलले आफ्नो सेवालाई अझ गुणस्तरीय बनाएको बताए ।