AArya
RUMPUM
animated ellipse animated ellipse

किण्डर पिलर स्कूलले अभिभावककालागि अभिमुखी करण कार्यक्रम गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार २१:०४
3
Shares

विराटनगर / विराटनगर बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा सञ्चालीत किण्डर पिलर मन्टेश्वरी स्कूलले अभिभावककालागि अभिमुखी करण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एक वर्ष अघि सञ्चालनमा आएको मन्टेश्वरी स्कूलले विश्वचर्चित अमेरिकी प्राध्यापक इलेन बुथ चर्चले प्रशिक्षण दिनेगरी सफल अभिभावक प्रिस्कुल कार्यक्रमको आयोजना गर्न लागिएको हो । किण्डर पिलर मन्टेश्वरीले आज विराटनगरमा पत्रकार सम्मेलनको फागुन २३ गते आयोजना हुने कार्यक्रममा अमेरिकी प्राध्यापक चर्चले आउँने किण्डर पिलर मन्टेश्वरी स्कूलकी सञ्चालक श्रुती शर्मा बताईन् । कार्यक्रममा अन्य विद्यालयका अभिभावक र शिक्षकहरुले पनि सहभागिता जनाउने सञ्चालक शर्मा जानकारी दिइन् ।

प्राध्यापक इलेन बुथ चर्चसँगै किण्डर पिलर मन्टेश्वरीका केन्द्रीय कार्यलयकी अरविन्दर कौर समेतको उपस्थित रहने सञ्चालक शर्माले जानकारी दिईन् । अमेरिकन पद्धतीमा सञ्चालित स्कूल नेपालका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका छन् । कार्यक्रममा बालवालिकाको मनोविज्ञान बुझेर कसरी अगाडी बढ्ने भनेर सिकाइने शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर