पूर्वाञ्चल खबर
विराटनगर / आठौं राष्ट्रिय खेलकुदको बक्सिङ र सफ्ट टेनिसको प्रदेश १ को छनोट सम्पन्न भएको छ भने अन्य खेलको छनोट जारी रहेको छ ।
आज भएको खेलमा पहिलो स्थान हात पार्दै प्रतिमा श्रेष्ठ र सोममाया लिम्बू छनोट भए । महिला ४८ केजीमा भोजपुरकी प्रतिमाले झापाकी रोसिना लावतीलाई पराजित गरिन् । ६० केजीमा झापाकी सोममायाले उदयपुरकी रन्जिता मगरलाई पराजित गरिन् । त्यसैगरी पुरुष ५२ केजीमा सुलभ तुलाधर र ५६ केजीमा सुरेन्द्र राई छनोट भए । पुरुष ५२ केजीमा सुलभले उदयपुरका नारायण भुजेललाई हराउँदै स्वर्ण जिते । पुरुष ५६ केजीमा सुरेन्द्रले उदयपुरका स्वाधिक खालिङ राईलाई पराजित गर्दै स्वर्ण जिते ।
विराटनगर सफ्ट टेनिस खेलको खेलाडी छनोट भएका छन् । पुरुषतर्फ युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, अभिषेक कार्की र आभाष बुढाथाकी छनोट भए । महिलातर्फ श्रेया योञ्जन, जर्जिया चौधरी, श्रेया राई, श्रेला योञ्जन र आभाना कार्की छनोट भए ।
विराटनगरमा जारी पुरुष क्रिकेटको पहिलो खेलमा इलामले उदयपुरलाई ४ विकेटले पराजित ग¥यो । टस जितेर पहिलो ब्याटिङ गरेको उदयपुरले १७ ओभर ३ बलमा सर्ब विकेट गुमाउँदै ७३ रन बनायो । जसमा प्रकेश सुवेदीले २६ रन र विपुल बस्नेतले ११ रन बनाए । इलामका हेमन राई र प्रज्वल खत्रीले ३–३ विकेट र सुनील मगरले २ विकेट लिए ।
७४ रनको विजय लक्ष्य पछ्याएको इलामले १७ ओभरमा ६ विकेट गुमाउँदै विजयी भयो । जसमा महेश राईले १८ रन , रोशन बोहराले १४ रन र प्रज्वल खत्री १० रन बनाए । उदयपुरका नविन महतोले ४ विकेट र प्रकेश सुवेदीले २ विकेट लिए । इलामका हेमन्त राई म्यान अफ द म्याच भए ।
त्यसैगरी दोस्रो खेलमा झापाले धनकुटालाई १ सय ६० रनको फराकिलो रनमा पराजित ग¥यो । टस जितेर झापाले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९५ रन बनायो । जसमा राजेश थापाले ६६ रन, सन्नी पुनले ५७ रन र सुमन श्रेष्ठले ३० रन बनाए । धनकुटाका प्रतीक श्रेष्ठ र प्रजन श्रेष्ठ १–१ विकेट लिए ।
१ सय ९६ रनको लक्ष्य पछ्याएको धनकुटाले ८ ओभरमा सबै विकेटको क्षतिमा ३५ रनमै समेटियो । कसैले दोहोरो अंक बनाउन सकेनन् । झापाका म्यान अफ द म्याच आयुष तिम्सिनाले ६ विकेट लिए ।