AArya
RUMPUM
animated ellipse animated ellipse

विराट सेवा आश्रमको बार्षिक साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार १९:०७
3
Shares
९ पुस, विराटनगर/ ज्येष्ठ नागरिकहरुको सेवामा समर्पित विराटनगर–१३ मा रहेको विराट सेवा आश्रमले आफ्नो १३ औं स्थापना दिवस र नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आश्रम परिसरमा आज विविध कार्यक्रम आयोजना गर्दै उक्त सेवा आश्रमको स्थापना दिवस र साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव रामकृष्ण तिम्सिानले बार्षिक संस्थागत प्रतिवेदन र कोषाध्यक्ष जयप्रसाद गुरागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साधारणसभाको अवसरमा आयोजित दुईदिने खेलकुदसहितको विविध कार्यक्रमका बिजयीहरुलाई पुरस्कार प्रदान गरिएको विराट सेवा आश्रमका सञ्चालक गोपालप्रसाद पाण्डेले जानकारी दिए । सो अवसरमा आश्रमका सदस्यहरुको निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो । विराटनगर–१२ स्थित डाक्टर रोयज क्लिनिकका चिकित्सकहरुले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर