AArya
RUMPUM
animated ellipse animated ellipse

माइन्ड द ग्याप हाजिरिजवाफ प्रतियोगिताको उपाधी कान्तीपुर कलेजलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७५, बुधबार १७:३८
3
Shares

विराटनगर / भारतको पानीपत इन्चिच्यूत अफ इ. एण्ड टेक्नीकल हरियाणाको आयोजनामा विराटनगर आज भएको माइन्ड द ग्याप हाजिरिजवाफ प्रतियोगिताको उपाधी विराटनगरको कान्तीपुर कलेजले हात पारेको छ ।

विजेता भएको कान्तीपरले नगद २१ ह्जार र ट्रफि हात पारेको छ । त्यस्तैगरि विराटनगरकै शिक्षादिप कलेज दोस्रो तथा मेरील्याण्ड कलेज तेस्रो भएको छ । दोस्रो भएको शिक्षादिपले नगद १६ हजार र तेस्रो भएको मेरील्याण्डले नगद ११ हजार र ट्रफि हात पारेको छ ।

उनीहरु सवैलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, पानीपत इन्चिच्यूत अफ इ. एण्ड टेक्नीकलका सन्दीप चौधरी, डिएभी स्कूलका प्रिन्सिपल रमेशकुमार मिश्र र सेन्ट जेभियर इन्चिच्यूतका निर्देशक कृण यादवलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

आज एक दिन भएको हाजिर जवाफमा विराटनगर भरीका एक सय स्कूल तथा कलेजबाट चार सय विद्यार्थीहरु सहभागि रहेको आयोजकले जनाएको छ । यस अघि जनकपुर र काठमाण्डौंमा भइसकेको र अव चितवन र विरगञ्जमा कार्यक्रम गरिने पानीपत इन्चिच्यूत अफ इ. एण्ड टेक्नीकलका सन्दीप चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर