AArya
RUMPUM
animated ellipse animated ellipse

पुस्तक बजार शुरु हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७५, मंगलवार २०:४१
3
Shares

विराटनगर / विद्यार्थीहरुको क्षमता सहितसिकाई बृद्धि गर्न सामुदायिक विद्यालयहरुले अतिरिक्त शैक्षिक सामाग्री खरिद गर्न सहयोग होस भनेर पुस्तक बजार शुरु हुने भएको छ ।

विराटनगर स्थित राष्ट्रिय सामुदायिक विकास केन्द्रले मोरङ भरीका सामुदायिक विद्यालयहरुकालागि किताव बजारको शुरुवात गर्ने भएको हो ।

विद्यार्थीहरुकालागि आवश्यक तर बजारमा सहजै प्राप्तन हुने अतिरिक्त कितावअनलाइन मार्फत मगाउन सकिने गरी पस्तक बजार शुरु गरीएको हो । आज विराटनगर महानगरपालिका भरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु भेला गरेर पुस्तक बजारको महत्व र यसको प्रयोग बारे जानकारी गराएको छ ।

सरकारले विद्यालयहरुले प्राथमिक न्युनतम सक्षम अबस्थाहरुको स्तर कालागि उल्लेख गरेका पर्याप्त कक्षा कोठा, उपयुक्त शिक्षक विद्यार्थी अनुपात, समयमै पाठ्य पुस्तक पाउनु पर्ने, छात्राहरुलाई शौचालयको बन्दो बस्त र पुस्तककुना निर्धारण गरे अन्तरगत यो पुस्तक बजारले पुस्तककुनाका लागि सहयोग गर्ने राष्ट्रिय सामुदायिक विकास केन्द्रका प्रमुख नारायण कार्कीले बताए । पुस्तककुना हरेक कक्षा कोठाको एक कुनामा हुन ुपर्ने हुन्छ तर मोरङमा १५ प्रतिशत विद्यालयले मात्र यसको ब्यवस्था गरेको भए पनि ब्यवहारमा नदेखिएकोले यो कार्यक्रमले सहयोग पुग्ने समेत प्रमुख कार्कीले बताए ।

बल्र्ड भिजनको सहयोगमा मोरङ र सुनसरीका सबै सामुदायिक विद्यालयमा शुरु गरीएको यो कार्यक्रममा विद्यालयहरुलाई क र ख माविभाजन गरीएको छ । जसमा क विद्यालयले १५ बटा पुस्तक खरिद गर्दा १ सय ३५ बटा विभिन्न र ख विद्यालयले ३० बटा खरिद गर्दा १ सय २० बटाविभिन्न पुस्तक पाउने बल्र्ड भिजनका राजकुमार दुलालले बताए । अनलाईन मार्फत अर्डर गर्ने र किताव विद्यालयसम्म आउने यस प्रकृयामा यसको प्रतक्ष निगरानी सम्बन्धीत स्थानिय तहले गर्र्ने र सुझाव दिने गर्दछन । इन्टरनेटको पहुच नभएका विद्यालयमा पनि स्मार्ट फोन मार्फत गर्न सकिने जनाकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर