AArya
RUMPUM
animated ellipse animated ellipse

गुरागाईंको ‘रात र युद्ध’ कवितासंग्रहको विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार १७:४६
3
Shares
९ पुस ,विराटनगर / कवि भरत गुरागाईंको ‘रात र युद्ध’ कवितासंग्रहको आज विमोचन गरिएको छ ।
मोरङको झोराहाटमा रहेको झोराहाट नाट्य समूहले आयोजना गरेको कार्यक्रममा गुरागाईंको कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञद्वय विवश पोखरेल, खेम नेपाली, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, प्राडा मेदिनीप्रसाद शर्मा, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष गंगा सुवेदी, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, पूर्व खेलकुद राज्यमन्त्री गोपी आछामी, कलाकार छत्र काफ्ले, एमाले नेता बाबुराम कार्कीलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गगरेका थिए । संग्रहमा विभिन्न विषयवस्तुमा लेखिएका ३५ वटा कविताहरु संग्रहित छन् ।
‘रात र युद्ध’ कवितासंग्रहभित्र संग्रहित ‘एकादेशको कथा’ कवितामाथि झोराहाट नाट्य समूहका कलाकार सुदीप कार्की, सञ्जय मुडियारी, अनु श्रेष्ठहरुले अभिनय गरेका थिए । झोराहाट नाट्य समूहले प्रकाशन गरेको कवितासंग्रहका विषयमा कवि आरआर चौलागाईं र सुमन पोखरेलले टिप्पणी गरेका थिए । कवि उमेश लुइँटेल, मीनकुमार नवोदित, डा. सूर्य पराजुली र प्रयाग न्यौपानेले विमोचित कवितासंग्रहभित्रका कविताहरु वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर