पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर /कुन्दन यादवको अलराउण्डर पर्दशनले विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको विजयी हुँदै गुराँस पुूस्तकालय उपाधी नजिक प्रवेश गरेको छ । गुराँसले मंगलबार हुने फाइनल खेलमा होराइजन क्रिकेट क्लबसँग प्रतीस्पर्धा गर्ने छ ।
गुराँसले आज भएको अन्तिम सेमीफाइनल खेलमा एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनको फराकिलो रन अन्तरले पराजित गर्दै उपाधी नजिक पसगेको हो ।
लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारे ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय २९ रनको मध्यम योगफल तयार पारेको छ । गुराँसका साकीव हकले ३२ रन, कुन्दन यादवले २७ रन, मुकेश कामतले २२ रन र सतीस यादवले २१ रनको योगदान दिए । एग्रोभटका लालबहादुर शर्माले ३ विकेट लिँदा, राजेश शर्मार र सुनील चौधरीले समान २–२ विकेट लिए ।
जवाफमा २ सय ३० रनकोे चुनौती पछ्याएको एग्रोभेटले ४१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १३ रनमा सिमित भयो । एग्रोभेटका लालबहादुर शर्माले ४२ रन जोड्दा दिलिप शर्माले २६ रनकोे जोडे । गुराँसका कुन्दन यादवले ४ विकेट तथा इसान क्षेत्री र कृष्ण मण्डलले समान २–२ विकेट लिए । गुराँसका अलराउण्डर खेलाडी कुन्दन यादव खेलको म्यान अफ द म्याच घोषित भए ।