पूर्वाञ्चल खबर
मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिका १ रमिते स्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रमिते बजारबाट अम्लिसोको कुचोलोड गरेर जाँतेतर्फ जाँदै गरेकोको १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा गरि पिकअप चालक लेटाङ नगरपालिका ८ का ४२ वर्षिय नगेन्द्र खड्काको घटनास्थलमानै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका ८ का ४५ वर्षिय तलबहादुर राई र मिक्लाजुङ गाउँपालिका ५ का २० वर्षिय सधिर नेपाल घाइते भई उपचारको लागि न्यूरो अस्पताल पठाईएको मोरङ प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लाबारीमा पठाईएको छ ।