RUMPUM
animated ellipse animated ellipse

रितेश माझीको अर्ध सतकले मोतीको पहिलो जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७५, मंगलवार १७:२९
9
Shares

पुष्पराज थपलिया
विराटनगर / रितेश माझीको अर्ध सतकले विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको समुह वि को खेलमा मोती क्रिकेट क्लब विजयी भएको छ । आज भएको खेलमा प्रतीयोगिातबाट बाहिरी सकेको मोती क्रिकेट क्लबले ईन्द्रेणी क्रिकेट क्लबलाई १ सय ११ रनले पराजित गरि प्रतियोतिामा पहिलो जित हात पारेको छ ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मोतीले निर्धारित ५० ओभरमा सवै विकेट गुमाई २ सय ५० रनको योगफल तयार पारेको छ । मोतीका म्यान अफ द म्याच रितेश माझीले ९८ रनको अर्ध सतकीय इनिङ खेलेका थिए । उनले १ सय १० बलमा ११ चौका प्रहार गरे । त्यस्तै कपिल मण्डलले २८ रन बनाउँदा अविशेक बरालले २१ रनको बनाए ।
इन्द्रेणीका राज चौधरीले ३ विकेट लिँदा, सुयोस कार्की २ विकेट तथा सलमान शेख र श्रवण किस्कु १–१ विकेट लिएका थिए ।

२ सय ५० रनको लक्ष्य पछ्याएको इन्द्रणीले ३५ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३९ रनमा सिमित भयो । इन्द्रेणीका आशिष श्रेष्ठले ३७ रन, श्रवण किस्कुले २२ रन र सन्नी सिंहले १५ रनको योगदान दिए । मोतीका कपिल मण्डल र विवेक पोखरले ३–३ विकेट लिए । बुधबारको खेल गुराँस पुस्तकालय होराइजन क्रिकेट क्लव विच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर