RUMPUM
animated ellipse animated ellipse

लागूऔषध सहित विराटनगरबाट दुईजना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७५, शनिबार २०:४५
3
Shares

विराटनगर / मोरङको विराटनगर महानगरपालिका १४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका ३ का २७ वर्षिय दिपेन तामाङलाई लुपिजेसिक ५ एम्पुल, डाईजेल्याव ५ एम्पुल, एभिल ५ एम्पुल र फेनारागन ३ एम्पुल साथै धरान उप महानगरपालिका ८ का ३८ वर्षिय गोपाल योन्जनलाई स्पास्मोप्रोक्सिभोनक्याप्सुल ७२ पिस र नाईट्रोजन ट्याव्लेट २० चक्कीसहित पक्राउ गरेको हो । उनीहरुलाई आज साँझमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी रानीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर