पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा विजयी हुदै सेमीफाइनल नजिक पुगेको छ ।
विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज भएको खेलमा विनायकले मोती क्रिकेट क्लवलाई ३३ रनले पराजित गर्दै लगातार दुई खेलमा जित निकाल्दै समुह वि को शिर्ष स्थानमा रहदै सेमीफाइनल नजिक पुगेको छ । टस हारेर ब्याटिङ गरेको विनायकले निर्धारित ५० ओभरको खेलमा ३३ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३६ रनमा सिमित भयो । विनायकका विशाल मण्डलले २४ रन जोड्दा आशुतोष झाले २२ रन र कालीचरण यादवले २० रन जोडे । मोतीका बब्लु राजवंशीले ६ दशमवल ३ बलमा १९ रन दिएर ४ विकेट लिए ।
जवाफमा १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको मोतीले ३२ ओभरमा सवै विकेट गुमाई १ सय ३ रनमा सिमित भएको थियो । मोतीका रितेश माझीले २८ रन बनाउनुबाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । विनायकका म्यान अफ द म्याच विशाल मण्डल र कालीचरण यादवले ३–३ विकेट लिएका थिए ।
विनायकका विशाल मण्डलले २४ रन जोड्दा आशुतोष झाले २२ रन र कालीचरण यादवले २० रन जोडे । मोतीका बब्लु राजवंशीले ६ दशमवल ३ बलमा १९ रन दिएर ४ विकेट लिए ।