RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाटै श्रम स्वीकृत दिन सुरु, धनकुटका विजयीले पहिलो सेवा लिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७५, बुधबार १६:१७
3
Shares

विराटनगर / १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृत सुरु भएको छ ।

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि विराटनगरस्थित श्रम कार्यालयबाट श्रम स्वीकृति सुरु भएको हो । यसको शुभारम्भ बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे । पहिलो सेवाग्राहीको रुपमा धनकुटाको चौबिसे गाउँपालिका– ५ बोदेका विजय खड्काले श्रम इजाजत लिएका छन् । खड्का कतार बसेर तीन महिना विदामा घर आएका हुन् । यही चैत १५ गते रोजगारको लागि पुन विदेश जाने तयारी गरेका खड्काले आफ्नै प्रदेशबाट श्रम स्वीकृति पाएपछि निकै खुशी देखिन्थे । पहिलो सेवाग्राहीको रुपमा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमरेले खड्कालाई श्रम स्वीकृतको इजाजत दिए ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब काठमाडौ नै धाउनु पर्ने बाध्यता हटेको बताए । झन्झटरहित छिटो र क्षरिताको तरिकाले प्रदेशबाटै सेवाग्राहीले सेवा पाउँदा राहत मिल्ने उनले बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अब संघीयता तलसम्म आएको बताउँदै वैदेशिक रोजगार विभागबाट हुने अरु कामसमेत क्रमशः ल्याउने सरकारको तयारी रहेको जानकारी दिए । यस अघि २, ३ , ४, ५ नम्बर प्रदेशबाट श्रम स्वीकृत दिन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर