RUMPUM
animated ellipse animated ellipse

मिस प्रदेशकोे अडिसन माघ २५ र २६ मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७५, सोमबार १५:२०
3
Shares

विराटनगर / जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ को अडिसन आउँदो शुक्रवार इटहरीमा हुने भएको छ ।

एक पछि अर्को गर्दै मनोरञ्जनात्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानेजमेन्टले देश संघिय संघरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

शुक्रवार इटहरी र दोस्रो अडिसन शनिवार विराटनगरमा गर्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् ।

‘किशोरीहरूमा भएको प्रतिभा उजागर गर्ने मिस प्रदेशको तयारी गरिएको हो,’ निशाले भनिन्, ‘माघ २५ गते इटहरी र २६ गते विराटनगरमा अडिसन हुनेछ ।’ फागुनको तेस्रो साता विराटनगरमा हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई छनौट गरिनेछ । जसमा उत्कृष्ट हुने प्रतियोगिलाई फाइनलमा पुग्नेछन् । ‘अडिसनको लागि आवेदन खुल्ला गरिएको छ,’ निशाले भनिन्, । अडिसनबाट छनौट भएका किशोरीहरूलाई बन्द प्रशिक्षण दिनेछ । जहाँ विभिन्न क्षेत्रका विज्ञहरूबाट जानकारीको साथै प्रशिक्षण दिने बताइएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर