AArya
RUMPUM
animated ellipse animated ellipse

यूएईलाई पराजित गर्दै नेपालले जित्यो पहिलो टी २० क्रिकेट सिरिज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७५, आईतवार १९:०८
3
Shares

विराटनगर / यूएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गरि तीन खेलको सिरिज २–१ ले कब्जा गरेको छ ।
यसअघि नेपालले तीन खेलको एक दिवसीय सिरिज पनि २ १ ले आफ्नो कब्जामा पारेको थियो।

नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछुएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । यूएईका लागि साइमन अनवरले ३० रन बनाउँदा घुलाम शव्वरले २५ रनको योगदान दिए । नेपालका करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई १ सय ४ रन बनाएको थियो ।नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै २९ रन, सन्दीप जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै २८ रन र विनोद भण्डारीले १३ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २१ रन बनाए । त्यस्तै करण केसीले ५ बलमा १० रन जोडे ।

नेपालले पहिलो ओभरमै पवन सर्राफलाई गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर विना रन पहिलो ओभरमा एक विकेट गुमाएको नेपालले २ दशमल ३ बलमा ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाउँदा नेपालको स्कोर १२ रन थियो ।

त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी पनि दुई रनमै आउट भएपछि नेपाल थप दबाबमा पुगेको थियो । तर चौथो विकेटको लागि कप्तान पारस खड्का र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे । पारस र जोराले चौथो विकेटकालागि १४ बलमा ३३ रनको ठोस साझेदारी गरेर नेपालको इनिङ बुनेका थिए ।

पारस खड्का २९ रनमा आउट भएपछि विनोद भण्डारी आए । विनोद र सन्दीपले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी पारी उकासेका थिए । यूएईका मोहमद नाभेद र आमिर हायतले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच करण केसी भए भने म्यान अफ द सिरिज अविनाश बोहरा घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर