RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७५, शनिबार २०:१२
3
Shares

विराटनगर / सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँ वृद्धि भएको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
मूल्य वृद्धि भएपछी अव पेट्रोल प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँन लागेको छ । अन्तर्रािष्ट्रय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गर्नै सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर