पूर्वाञ्चल खबर
विराटनगर / यूएई भएको पहिलो टी–२० खेलमा नेपाललाई यूएईले १ सय ५४ रनको लक्ष्य दिएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईका लागि शैमन अनवरले ३८ बलमा ५९ रन बनाउँदा मोहम्मद उस्मानले ३० रन, सीपी रिज्वानले २२ रन र मोहम्मद बुटाले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् भने सोमपाल कामी र अभिनाश बोहोराले १–१ विकेट लिए ।
यूएईमा नेपालले तीन खेलको २०–ट्वान्टी सिरिज खेल्ने तालीाका रहेको छ । १ सय ५४ रनको लक्ष्य पछेयाएको नेपालले इनिङको पहिलो बलमा प्रदिप महमद नावेदको बलमा एल्पीडब्लूको धरापमा परेका छन् । अहिले क्रिजमा कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।