पूर्वाञ्चल खबर
सुनसरी / विभागिय टोली नेपाल पुलिस क्लब मदन भण्डारी ईटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
आज भएको भएको अन्तिम क्वाटरफाईनल खेलमा पाउना टोली भुटानको सिएफसि क्लवलाई २–० गोल अन्तरको सहज जित निकाल्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरको हो । ईटहरी रंगशालामा पुलिसलाई जिताउन म्यान अफ द म्याच घोषित अभिषेक रिजालले एक्लैले दवै गोल गरे । पहिलो हाप गोलरहित बराबरी भएपनि पुलिसले दुवै गोल दोश्रो हापमा गरेको हो ।
दोश्रो हापको १८ औ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ईञ्जुरी समयमा ब्यक्तिगत दोश्रो गोल गर्दै उनले पुलिसलाई सहज जित दिलाएका हुन् । यो सँगै प्रतियोगिताको सेमीफाईनल समीकरण समेत पुरा भएको छ । यसअघि काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर,नेपाली सेनाको आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबले सेमीफाईनल यात्रा तय गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमीफाईनल खेल शुरु हुदैछन ।
बुधबारको पहिलो सेमीफाईनल खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र विभागिय टोली आर्मीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।