पूर्वाञ्चल खबर
विराटनगर / राससबाट प्रकाशित हुने समाचारप्रति जनताका विश्वास अझ बढिरहेको प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वताए ।
रासस प्रदेश नं.१ को कार्यालय विराटनगरको आज निरीक्षण एव्म अवलोकन पछि उनले राससमा काम गर्ने समाचारदाता जनता, सरकार र राष्ट्रप्रति अझ बढि जिम्मेवार भएर भूमिका निर्वाह गर्न निर्देशन दिए ।
मन्त्री कार्कीले सरकारी सञ्चार माध्यम रासस लामो समयदेखि नेपाली जनताका मनमा बसेको यथार्थ हो भन्दै राससलाई समय अनुकुल बनाउन प्रदेश सरकार तयार रहेको बताए । समाचार उत्पादन गर्ने यो संस्थाका काम कारवाही निकै चुस्त र दुरुस्त हुनु पर्नेमा जोड दिँदै मन्त्री कार्कीले रासस समाचारदाताहरुलाई तालीम प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रदेश कार्यालयको यो पुरानो भवनलाई मर्मत सम्भारको खाँचो छ र यसका लागि प्रदेश सरकारले बजेट व्यवस्था गर्ने समेत बताउँदै मन्त्री कार्कीले रासस प्रदेश सरकार, स्थानीय तह र केन्द्रीय सरकारको कार्यक्रम र योजनालाई उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल, ्रप्रदेश नं.१ कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको गतिविधि वारेमा मन्त्री कार्कीलाई जानाकारी गराए ।