RUMPUM
animated ellipse animated ellipse

अरनिको, मोर्डनएरा, भानु, रेडस्टार, कोशी र शिक्षादीप कलेज विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७५, शुक्रबार २०:०५
3
Shares

विराटनगर / विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा अरनिको तथा फुटबलतर्फ मोर्डनएरा, भानु र रेडस्टार तथा छात्रा भलिबलमा रेडस्टार, मोर्डनएरा, कोसी र शिक्षादीप कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आज भएको क्रिकेटमा अरनिको कलेजले भानु मेमोरियल कलेजलाई ७ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ थालेको भानुले १९ ओभर ३ बल खेल्दै सवै विकेटको क्षतिमा ७४ रन बनायो । जसमा शशांक दासले १९ रन र हेम कामतले १४ रन बनाए । अरनिकोका म्यान अफ द म्याच प्रशान्त पोखरेलले ३ विकेट , आयुष भगत र अभिज्ञान यादवले २–२ विकेट तथा अमित झाले १ विकेट लिएका थिए ।

७५ रनको विजय सामान्य लक्ष्य पछ्याएको अरनिकोले ९ ओभर ५ बल खेल्दै ३ विकेटको क्षतिमा ७७ रन बनाउँदै लक्ष्य पारे गरेको थियो । जसमा अजित रायले ३६ रन बनाए । भानुका भवेश बस्नेतले २ विकेट लिए ।

त्यसैगरी छात्रा भलिबलतर्पm पथरीको रेडस्टार कलेजले पथरीकै एभरेष्ट कलेजलाई २५–१६ र २५–१५ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारकी एमिला फागो उमेन अफ द म्याच भइन् । दोस्रो खेलमा मोर्डनएरा कलेजले २५–१६ र २५–११ को सोझो सेटमा अरनिको कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मोर्डनएराकी सुधा लिम्बू उमेन अफ द म्याच भइन् । तेस्रो खेलमा कोसी कलेजले २५–११, २५–२१ को सोझो सेटमा कान्तिपुर कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कोसीकी समिका सार्की उमेन अफ द म्याच भइन् । चौथो खेलमा शिक्षादीप कलेजले २५–१२, २५–१८ को सोझो सेट लर्डबुद्ध कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शिक्षादीपकी अञ्जली राजवंशी उमेन अफ द म्याच भइन् ।

त्यस्तै फुटबलको पहिलो खेलमा भानु मेमोरिलय कलेजले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ४–२ गोलअन्तरमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सेन्टजोसेफका रोशन कार्की घोषित भए । दोस्रो खेलमा मोर्डनएरा कलेजले एभरेष्ट कलेजलाई ३–० गोलअन्तरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोर्डनएराका म्याच अफ द म्याच संजय धिमालले ३ गोल गरेका थिए ।

तेस्रो खेलमा रेडस्टार कलेजले सिटी कलेजलाई ५–१ को फराकिलो गोलअन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारका म्यान अफ द म्याच नाम्सेङ लिम्बूले २ गोल तथा अमित चौधरी, विशाल पाण्डे र मंजिल खड्काले समान १–१ गोल गरे भने एकमात्र सान्तवना गोल सिटीका विक्रम राईले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर