RUMPUM
animated ellipse animated ellipse

लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७५, बिहीबार २०:१४
3
Shares

सुनसरी / सुनसरीको धरान उप महानगरपालिका ८ बाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई आज साँझमा सभागृह मार्गबाट लागू औषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको हो। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान ८ का ३५ वर्षिय को ३५ को सन्तोष राई र धरान २ का गोपाल अग्रवाललाई पक्राउ गरेको हो ।

उनीहरुका साथमा ५ सय मिली ग्राम लागूऔषध खैरो हेरोईन र नगद ३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर