पूर्वाञ्चल खबर
विराटनर / मोरङको लक्ष्मीमार्गमा जारी दशौं प्याब्सन स्पोर्टस मिटमा सुन्दरहरैचा नगरपालिका स्थित बाल सदन एकेडेमी २ स्वर्ण, १ कास्य र १ रजतको साथ अगाडी रहेको छ । आज भएको विभिन्न खेलहरूमा अन्य विद्यालयहरूलाई पछि पार्दै बाल सदन एकेडमी अगाडी भएको हो ।
निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङको आयोजनमा भएको प्याब्सन स्पोर्टस मिटमा विराटनगरस्थित भृकुटी मोडल एकेडेमि २ स्वर्ण, सुन्दर हरैचनामा रहेको ब्राइट फ्युचरले २ स्वर्ण, पुर्वाञ्चल एकेडेमिले २ रजत १ कास्य, युनिक एकेडेमिले १ कास्य १ रजत, सिदार्थ सेकेण्डरीले १ रजत, गोदावारी बिद्या मन्दिरले ३ कास्य, मुनाल आदर्स बिद्या सदनले १ रजत, जुपिटर स्कुलले १ रजत पदक प्राप्त गरेको छ ।
बुधवार भएको हाइजम्पमा छात्रतर्फ भृकुटि मोडल स्कूलकी बिसाल भट्टराईले स्वर्ण, युनिक एकेडेमिका रञ्जीत खवासले रजत र बाल सदन एकेडेमिका अब्राहम प्रधानले कास्य पदक प्राप्त गरेका छन् । त्यसैगरी हाइजम्पकै छात्रातर्फ बाल सदन एकेडेमिकी कन्चन कार्कीले स्वर्ण, पुर्वाञ्चल एकेडेमीकी पुष्पा सरदारले रजत र गोदाबारी विद्या मन्दिरकी पुजन राईले कास्य पदक प्राप्त गरे ।
८ सय मिटर दौडमा छात्रतर्फ शिदार्थ स्कुलका अनमोल राईले स्वर्ण, मुनाल आदर्शका सन याख्खाले रजत र गोदावारी बिद्या मन्दिरका अधेस राईले कास्य पदक पाए । छात्रा तर्फ ब्राईट फ्युचरकी शोभा कार्कीले स्वर्ण, जुपिटर स्कुलकी सिमा चौधरीले रजत र पुर्वाञ्चल एकेडेमिकी इशा घिमिरेले कास्य पदक पाए ।