पूर्वाञ्चल खबर
विराटनगर / मोरङको बेलवारी नगरपालिका ११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर जनाको मृत्यु भएको छ ।
आज विहान ८ बजेर ५० मिनेटमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने ३७ वर्षिय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।