RUMPUM
animated ellipse animated ellipse

केभिएम सिंगिङ आइडलको उपाधी अनुसा निरौलालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७५, शुक्रबार १७:५५
9
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिर रजत जयंतीको अवसर पारेर केभिएम सिंगिङ आइडल गायन प्रतियोगिता आयोजना गरेको छ ।

स्कलले आज शुक्रबार, स्कूलमा एक कार्यक्रमको आयोजना गरि केभिएम सिंगिङ आइडल गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

आज भएको केभिएम आइडल २०७५को उपाधी कक्षा ८ की अनुसा निरौला घोषित भइन् भने बेस्ट भोकलमा कक्षा ६ का सम्राट न्यौपाने, बेस्ट परफा‘र्मेंस कक्षा ९ का अर्पित कर्ण, बेस्ट टाइमिंग कक्षा ९ की नेल्सी गुरुङ, राइजिंग सिंगर्स कक्षा ६ का उत्कृष्टि शर्मा, खुशी राई, पलक बोहोरा, पियुषा विश्वास, रिजन बुढाथोकी, स्मृति न्यौपाने घोषित भए ।

विजयी हुने विद्यार्थीहरुलाई अभिभावक संघ प्रदेश १ का अध्यक्ष देवी पन्थी, स्कूलका निर्देशक राजेशकुमार दास, स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्ले,स्कूलका निर्देशक चुडाचन्द्र श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर