पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ४ जामुनागाछीका अग्निपीडित सितारमन लालदासलाई नेपाल तरुण दलको पहलमा सहयोग गरिएको छ ।
तरुण दल मोरङका तरुण विभाग प्रमुख सञ्जय मण्डलको पहलमा दाता सागर ढकालले आज पीडितलाई चालीस हजार रुपैयाँ मूल्य बराबर ४६ बोरा सिमेन्ट हस्तान्तण गरेका छन् ।
गत पुस १९ गते आगलागी हुँदा लालदासको घरसहित भएको सबै जायजेथा जलेर खरानी भएको थियो । घर निर्माणका लागि सहयोग जुटाइको तरुण दल मोरङका अध्यक्ष सञ्जय थापाले जानकारी दिएका छन् ।
तरुण दलका विराटनगर अध्यक्ष सन्तोष न्यौपाने, मोरङ काँग्रेसको संगठन विभाग सचिव तेजेन्द्र भट्टराई, तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधि अनुरोध साहलगायत नेता पीडितको पुगेका थिए । आगलागीबाट ४० लाख रुपैयाँ बराबरको धनमला क्षति भएको पीडितको भनाइ छ ।