RUMPUM
animated ellipse animated ellipse

दुई छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७५, सोमबार १९:२६
3
Shares

विराटनगर / विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन रकम प्रदान गरेको छ ।

आज महानगरपालिकाले पहिलो सन्तान जन्माउने दाम्पतीलाई नगद तीन हजार रुपैया प्रोत्साहन रकम हस्तान्त्रण गरेको थियो भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई २५ हजार रुपैया बैंकमा जम्मा गरिदिएको हो ।

विराटनगर महानगरपालिकाले चार दम्पतीका नाबालक छोरीका नाममा ग्लोबल आइएमी बैंकमा खाता खोलेर २५ हजार रुपैया जम्मा गरिदिएको हो । विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ रोहिणी कट्टेल , विराटनगर—५ कै सुमित्रा राय अमात र विराटनगर—४ का तारादेवी पोखरेलको छोरीको नाममा आमा संरक्षक रहने गरी २५ हजार नगद जम्मा गरिदिएको हो ।

भ्रुण हत्या रोक्ने कार्यक्रम अन्र्तगत महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । जनस्तरमा यो कार्यक्रम अत्यन्तै लोकप्रिय बनेको छ । लगातार दुई छोरी जन्माउने महिलालाई बर्षेनी एक भब्य कार्यक्रमको आयोजना गरि प्रोत्साहन भत्ता वितरण गर्ने महानगरका मेयर भीम पराजुलीले बताए । महानगरले आर्थिक बर्ष ०७५÷७६ को बार्षिक बजेट तथा नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

उपमेयर इन्दिरा कार्कीले “छोरी वचाउ अभियान सँगै छोरी पढाउ अभियान”सुरू भैसकेको जानकारी दिईन । चालु आर्थिक बर्षमा यो कार्यक्रमका लागी १० लाख रूपैया बजेट विनियोजन गरिएको छ । उपमेयर कार्कीले “छोरीलाई दहेज होइन उच्च शिक्षा दिऊ” भन्ने उद्देश्य लिएर कार्यक्रम प्रारम्भ गरेको बताईन ।

महानगरले पहिलो सन्तान छोरी जन्माउने २३ दाम्पतीलाई नगद तीन हजार प्रोत्साहन रकम प्रदान गरेको थियो । १८ बर्ष उमेर पुगेपछि उक्त रकम झिक्न सक्ने गरि बच्चाका आमालाई संरक्षक बनाइएर जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए । आमाको उमेर २० बर्ष पुरा हुनुपर्ने , गर्भको बेला कम्तिमा ३ पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड पुगेकालाई प्रोत्साहन भत्ता वितरण गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर