४ पुस, धनकुटा /निर्वाचन कार्यालय धनकुटाले पुष–७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने तयारी गरेको छ ।
कार्यालयद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा धनकुटा क्षेत्र नं. १ अन्तर्गतका चौबिसे क्षेत्रका १२ वटा गाबिसमा पौष–७ गतेदेखि माघ ७ सम्म र क्षेत्र नं. २ अन्तरगतका १२ गाबिसमा पौष ७ गतेदेखि माघ ३ गतेसम्म नामावली संकलन गर्ने जानकारी दिइएको छ ।
यस्तै बाँकी रहेका गाबिसहरु आहाले, महाभारत, डाडाँगाउँ, चानुवासहित धनकुटा नगरपालिका र पाख्रिबास नगरपालिकामा पौष–७ गतेदेखि माघ–२९ गतेसम्म नामावली संकलनको काम गरिने कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका निर्बाचन अधिकृत प्रदिप शाहले नामावली संकलन पछि उक्त नामावलीका बिषयमा १६ दिने दावी बिरोधको समय राखिने जानकारी दिए ।