४ पुस, विराटनगर/ जेसीजका नवनिर्वाचत राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले युवाको क्षमता, नेतृत्व र व्यक्तित्व विकास गर्न अब गाउँ –गाउमा जेसीज पुग्ने बताएका छन् ।
विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समयसापेक्षा युवाको क्षमता विकास गर्न जेसीजले गाउँ अवधारण ल्याएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले जेसीज शहरकेन्द्रीत भएको भन्ने आरोपलाई गलत साबित गर्न जेसीजले अब गाउँ केन्द्रीत कार्यक्रम गर्ने उनको भनाई थियो । देशभरी १ सय ३८ वटा जेसीजको शाखा रहेको जानकारी दिदै अधिकारीले प्रत्येक शाखाका जेसीजका पदाधिकारीहरु अब गाउँ केन्द्रीत हुने बताए । जेसीज ४० वर्ष उमेर समुह रहेकोे युवाको सञ्जाल भएको बताउदै अधिकारीले देशको योग्य नागरिक उत्पादन गर्न समयसापेक्षा तालिमहरु आगमि दिनमा गर्दै जाने बताए ।
आफ्नै कार्यकालमा देशभर ४ वटा क्षेत्रमा जेसीजले टेडिङ इन्स्टिच्युट स्थापना गरी जेसीजमा आवद्ध भएका बाहिरका युवाको समेत क्षमता विकास गराउने योजना अनुसारको अवधारण ल्याएको बताए । सामुदायमा रहेको युवाको क्षमता विकास गर्न यो अवधरण ल्याएको अध्यक्ष अधिकारीले बताए ।
सन २००२ देखि जेसीजमा आवद्ध भएका अधिकारी काठमाण्डौमा केही दिन अगाडी सम्पन्न भएको ४३ औ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।