RUMPUM
animated ellipse animated ellipse

सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण इटहरीमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७५, शनिबार १८:०९
3
Shares

अर्जुन सुबेदी
इटहरी / गत संस्करण रोल्पामा सम्पन्न भएको सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण इटहरीमा हुने भएको छ ।

सुनसरी जिल्ला खेलकुद विकास समितिले पौष १९ गते देखि २३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतयोगिताबारैमा जानकारी गराएको हो । भलिबल खेलको प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ “सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष एक नम्बर प्रदेशको इटहरीमा गर्न लागिएको आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा आयोजना हुने प्रतियोगिताको ब्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रुपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेको थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । इटहरी स्थित क्षेत्रिय रंगशालामा ५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सातवटै प्रदेशका टिमहरु र विभागीय टिमहरु सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी र नेपाल पुलिस क्लब गरी १० वटा टिमको सहभागिता रहने छ ।

गत बर्ष प्रतियोगितामा विजेता हुने टिमले नगद रु. ३ लाख पाएकोमा यस बर्ष १ लाख बढाएर रु ४ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले नगद रु. २ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र र तृतीय हुने टिमले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने थापाले जानकारी दिए । यस्तै बिधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ २४ इन्च को एलईडी टिभी प्रदान गरिनेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वरलाइ जनही नगद रु. ५ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैया खर्च लाग्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर