पूर्वाञ्चल खबर
झापा / झापाको मेचीनगर नगरपालिका ६ गोसलाईनमा भएको आगलागीबाट २२ घर जलेर नष्ट भएको छ ।
हिजो राती २० बजेर ३५ मिनेटमा स्थानीय छबिलाल आङ्दम्बेको घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा सो वस्तीमा रहेका २२ घर जलेर नष्ट भएको हो ।
सो आगलागी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोली, शशस्त्र प्रहरी, नेपाली सेना , मेचीनगर , भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाबाट आएको दमकल तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको झापा प्रहरीले जनाएको छ ।