पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर– २ शंकरपुर मार्गमा जारी विराट ट्रेड एक्स्पोमा अन्यबेला कलाकारहरूबाट मनोरञ्जन लिदै आएका ग्राहक तथा स्थानियले सोमबार साँझ भने छट्टै मनोञ्जन लिने अवसर प्राप्त गरे ।
जव साँझ पर्दै गयो एक साथ विराट एक्स्पोको स्टेजमा दुई दर्जन मोडल ¥याम्पमा उत्रिए सबैले ताली बजाएर स्वागत गरे । आलो पालो गर्दै पूर्वका व्यवसायिक रुपमा अगाडी बढेका मोडलहरू विभिन्न पहिरनको साथमा ¥याम्पमा उत्रिएका थिए । एउटै मञ्चमा २२ भन्दा बढी मोडलहरू ¥याम्पमा उत्रिदा विराट एक्स्पोमा आएका ग्राहकहरूले प्रयाप्त मनोरञ्जन प्राप्त गरे । अरु बेला दैनिक रुपमा चर्चित गायक तथा गायिकाहरूबाट मनोरञ्जन लिदै आएका ग्राहकले सोमबार भएको फेशन शो सबैको रोजाइमा प¥यो ।

मोडलहरू साडी, कुर्तासुरुवाल, क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट तथा टिसर्टमा प्रस्तुत भएको उक्त फेसन शोको कोरियोग्राफर अभिनेता तथा मोडल जतिन ताम्राकारले गरेका थिए । फेसन शोको बीच–बीचमा स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप आकर्षण बन्यो । फेशनमा शोमा स्मृती ब्याण्टका कलाकारहरूले आ– आफ्नो प्रस्तुी दिएका थिए ।

गायक राजनराज शिवाकोटी, एन्जीला रेग्मी र ज्योती सुब्बाले आफ्नो चर्चित गती प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । फेशन शो पुन बिहीबार र शनिबार हुने कोरियाग्राफर ताम्रकारकाले बताउनुभयो । उहाँका अनुसार त्यस दिन हुने फेशन शो समेत भव्य हुने बताउनुभयो । फेशन शोमा तनिसा ताम्राकार, स्वेता देव, नियति प्रधान, आर्जु श्रेष्ठ, कुसुम श्रेष्ठ, सिवानी श्रेष्ठ, सिम्रन श्रेष्ठ, क्रेसी श्रेष्ठ, निकिता क्षेत्री, निकिता बन्जरा, अस्मिका बन्जरा, काजल लामालगायत क्याटवकमा उत्रिएका थिए ।

तस्वीरहरु पुष्पराज थपलिया /खबर पूर्वाञ्चल