पूर्वाञ्चल खबर
सुनसरी / निजी तथा आवाशिय बिद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितीले आयोजना गरेको प्याब्सन खेलकुद सप्ताह आज सम्पन्न भएको छ ।
आज फूटबल, भलिबल र क्रिकेटका फाइनल खेल सम्पन्न भएसंगै खेलकुद सप्ताह समापन गरिएको प्रचारप्रसार संयोजक राजेश श्रेष्ठले जानकारी दिए । एक साताअघि सुरु भएको खेलकुद सप्ताह अन्तर्गत बिभिन्न प्रतियोगितामा उत्कृष्ट बिद्यालय तथा बिद्यार्थीलाई समापनका अवशरमा पुरस्कृत गरियो ।
आज भएको फुटबलको फाइनलमा हिमशिखर इंगलिस स्कूल प्रथम हुँदा लिटिल फ्लावर्स स्कूल शान्तिनगर दोस्रो र सुनसरी सेन्टजेभियर्स तेस्रो भयो । छात्र भलिबलमा हामो्र इंगलिस बोर्डिङ स्कूल प्रथम, हिमशिखर इंगलिस स्कूल दोस्रो र पूर्वाञ्चल एकेडेमी तेसो्र भयो । यस्तै छात्रा भलिबलतर्फ पनि हाम्रो इंगलिस बोर्डिङ स्कूल प्रथम, सुनसरी कृष्टल एकेडेमी दोसो्र र लिटिल फ्लावर्स शान्तिनगर तेस्रो भए । यस्तै क्रिकेटमा कोशी सेन्टजेम्स प्रथम, नेपाल डिभिएम स्कूल दोस्रो र लिटिल फ्लावर्स शान्तिनगर तेस्रो भए ।
एकसाता सम्म चलेको बिभिन्न खेलकुदका बिजेता बिद्यालय तथा बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, नगरबिद्यालय निरिक्षक सेमन्त गौतम, संगित साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी, प्याब्सन सुनसरी सल्लाहकार जीवप्रसाद गुरागाई, इटहरी नगर प्याब्सन अध्यक्ष सुवर्णबहादुर थापाले पुरस्कार बितरण गरे ।
प्याब्सन इटहरी नगरसमितीले आयोजना गरेको खेल सप्ताहमा इटहरी नगरक्षेत्रभरीका एक सय नीजि बिद्यालयका बिद्यार्थीहरु सहभागी थिए । बिगतका बर्षमा एसीसी प्याब्सन इटहरी नामबाट भएको प्रतियोगिता यसबर्षदेखि प्याब्सन इटहरी नगरसमिती गठन भएपछी प्याब्सन इटहरीको नामबाट सुरु भएको हो ।