AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लामो समयदेखि सम्पर्कमा नआएका महानगरका १५ वटा सहकारी खारेजी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०८०, आईतवार १८:३१
216
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ ।

सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराटनगर ५ को विराट कोशेलीघर, विराटनगर ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, विराटनगर ७ को सुमेरु बचत तथा ऋण सहकारी र विराटनगर ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । त्यस्तै विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, विराटनगर १४ को गरिमा बचत तथा ऋण सहकारी, विराटनगर १४ को बहुमूल्य कृषि सहकारी र विराटनगर १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता गरिए भएको छ ।

उक्त सहकारीलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर