पूर्वाञ्चल खबर
राठीलाई आज विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पलाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी पैसाँ लिएर फरार भएको उनीमाथि आरोप लागेको थियो । उनीसँगै जुवा खेल्ने चम्पलाल राठीसहित पाँच जना व्यापारीलाई पक्राउ गरेका दिन चुन्नु फरार रहेका थिए ।
फरार भएका राठीलाई मोरङ प्रहरीले फरार प्रतिवादी बनाएर जुवा ऐन अन्र्गत मुद्दा चलाएको थियो । प्रहरीले त्यसबेला राठीले बोक्ने मोवाइल सेटसमेत बरामद गरेको थियो । त्यस बेला जुवा खालमा प्रहरीले छापा मार्न आएकोे थाहा पाएपछि जुवा खालबाट उनी भने भागेका थिए ।
राठी विराटनगरका चर्चित जुवाडे हुन् । पक्राउ परेका राठीलाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीको अनुसार त्यस बेला पाँच जना व्यापारीसहित जुवा खालबाट १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको थियो । राठीले करिव ३० लाख नगद बोकेर भागेको चर्चा चलेको थियो ।