AArya
RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्स्पोमा राष्ट्रिय कलाकारबाट दैनिक मनोरञ्जन (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७५, आईतवार १८:०९
3
Shares

विराटनगर / विराटनगर– २ शंकरपुर मार्गमा जारी विराट ट्रेड गएका ग्राहकहरूले दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन लिदै आएका छन् ।

मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक मोरङ व्यापार संघले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन लिदै आएका हुन् ।

दर्शक स्रोताको ढुकढुकमी बस्न सफल भएका कलाकार एक्स्पोमा ल्याएपछि ग्राहकहरूले सामान मात्र खरिद गरेर जादैनन मनोञ्जन समेत लिएर जाने गरेका छन् । एक्स्पो उद्घाटन भएको दिन चर्चित गायक सविन राईबाट सांगीतिक धमकाको प्रारम्भ भएको कार्यक्रममा अहिलेको यूवा पुस्ताको रोजाइमा परेका गायक÷गायिकाहरूले आफ्नो प्रस्तुती दिइसकेका छन् ।

शुक्रबार गायक राईले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरि मनोञ्जन दिलाए । गायक राई आएको दोस्रो दिन शनिबार गायक कमल खत्री र गायिका मिना निरौलाले आफ्नो लोकप्रिय गीतले मनोरञ्जन प्रदान गरे । एक्स्पो सुरु भएको दोस्रो दिन ग्राहकको चाप भएको माहोललाई गायिका निरौलाले छुट्टै मनोरञ्जन दिइन् । उनले आफ्नो चर्चित गीत ‘काले दाई कालेदाई….., देखि सुपरहिट गीत ‘लौ जाउ घुमाउन मलाई ठमेल बजार..,लगायतको एक दर्जन गीत प्रस्तुत गरि सहभागिलाई नचाइन् ।

आज गायिका टिका प्रसाई र भारतका चर्चित हास्यकालकार राजा राजेन्द्रले आफ्नो प्रस्तुती दिएर मोहोल तताउँने छन् । एक्स्पोको तेस्रो दिन गायिका प्रसाइसँगै भारतको प्रिन्स डान्स ग्रुपको कलाकारहरूले आकार्षक नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गर्ने छन् ।

एक्स्पोका आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय स्तरका कलाकार र छिमेकी राष्ट्र भारतका समेत कलाकारहरूलाई ल्याएर मनोरञ्जन प्रदान गराएको
एक्स्पोका संयोजक अनुपम राठीले बताए । मेला अवधिभरी राष्ट्रिय स्तरका कलाकार र स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने राठीले जानकारी दिए । तस्वीरहरु पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर